काठमाडौं। सरकारका मुख्य सचिव शंकर दास वैरागीले सार्वजनिक निकायहरुले समयमा बेरुजु फछ्र्यौट गर्न नसकेकोमा निराशा व्यक्त गरेका छन्। वैरागीको अध्यक्षतामा आज बसेको विस्तारित उच्च व्यवस्थापन समूहको बैठकमा सम्बन्धित निकायका प्रमुख र प्रशासन प्रमुखले आर्थिक अनुशासन कायम गर्न नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए। वैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्तर्गतका निकायहरु बेरुजु फछ्र्यौटमा उदाहरण बन्न सक्नुपर्ने समेत बताए।