विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू भएको हो ।
सहमतिका लागि आजसम्म कुर्ने भन्दै शनिवारको बैठक स्थगित गरिएको थियो । आइतवारको बैठकको शुरूमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । माधव नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दि...