सरकारले विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । सङ्घीय संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण रोजगारी गुमाएर फर्कने नेपालीलाई स्वदेशमै रोजगारीमा आबद्ध गर्न सुरुवाती पुँजी उपलब्ध गराउने बताउनुभएको हो ।