काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ ।
५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आज अर्थात् जेठ १८ गतेदेखि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । रोजगारीका लागि देश बाहिर रहेका वा विदेशमा रोजगारी गरी फर्किएका तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीहरूका लागि राष्ट्र बैंकले बचतपत्र खुला गरेको हो ।
घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने रकम बचतपत्रमा लगान...