काठमाडौँ- कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खाली गर्न दबाब दिएका छन् । कामदारलाई विदामा बस्न दबाब दिइएपछि फिफा विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् । स्थानीय बासिन्दाका अनुसार बुधबार अबेर राति नगरपालिकाका […]
नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आएको छ । सन् २००० देखि हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आप्रवासी दिवस मनाइए पनि यसले आप्रवासी कामदारको अवस्थामा भने खासै सुधार ल्याउन सकेको छैन ।
दोहा– मलेसियामा अवैध रुपमा बसेका ७ नेपालीसहित ५५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । पछिल्लो समय गैरकानूनी आप्रवासी कामदारहरूमाथि मलेसिया सरकारले निगरानी बढाएपछि दैनिक नेपालीलगायतका आप्रवासी कामदार पक्राउ पर्ने गरेका छन् । मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा बुधबार छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागलाई उदृत […]
दुखरन यादव
म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले हामीलाई यो महसुस भयो कि हामीले हाम्रो लागि आफैँ गर्नुपर्छ । अनि त्यसको एक मात्र विकल्प हामीले सहकारी देख्यौँ ।
आप्रवासी सहकारीको जन्म
२०७५ असोज २३ गते सहकारीको जन्म भयो । त्यही बेला आप्रवासी बहुउद्द...
मोतीराम तिमल्सिना, काभ्रे । बैदेशिक रोजगारबाट फर्किएका जिल्लाका नागरिकहरुले अनुभव आदान प्रदान, सिप साटासाट र रोजगारमा संलग्न ब्यक्तिहरुको हक हितका बारेमा वकालत गर्ने उदेश्यले आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरेका छन् । धुलिखेलमा दुई दिनसम्म संचालन भएको क्षमता विकास तालिम एवं आप्रवासी कामदारहरुको संजाल निर्माण कार्यक्रम पश्चात मञ्च गठन गरिएको हो । १३ वटै […]
१८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ए-१बी, गि्रन कार्ड र आप्रवासी कामदार भिसामा लगाइएको रोकलाई तीन महिना थप गरेका छन् । नयाँ नियम अनुसार सो वर्गमा निवेदन दिनेहरुले आगामी मार्च २१ सम्म अमेरिका प्रवेशका लागि भिसा पाउने छैनन् । विगत एक वर्षदेखि ट्रम्पले पटकपटक म्याद थप गरी सो भिसामा रोक लगाएका छन् । […]