नेपालगञ्ज – डिभिजन वन कार्यालय, बाँकेले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर–टहरा भत्काएको छ। सहायक वन अधिकृत गणेश खड्काका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँनजिकै हुलाकी सडक छेउमा बनाइएका घर–टहरा भत्काइएको हो। वन कार्यालयले पहिलो चरणमा हालसालै बनेका नयाँ घर टहरालाई भत्काएको छ। सार्वजनिक सूचना दिएर घर–टहरा भत्काएको सहायक वन अधिकृत खड्काको भनाइ छ। […]