राष्ट्रिय वन अतिक्रमण गरेको आरोप

डिभिजन वन कार्यालय लमजुङले चेपेखोला जलविद्युत आयोजनाको उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न सम्बन्धित निकायमा परिपत्र गरेको छ । आयोजना निर्माण तथा प्रसारणलाइन निर्माणको क्रममा अनुमति विना राष्ट्रिय वन अतिक्रमण गरेको भन्दै उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न नेपाल विद्युत प्राधिकरणलाई परिपत्र गरेको हो । लमजुङ र गोरखाको सीमामा निर्माण भएको आठ दशमलव ६३ मेगावाटको चेपेखोला जलविद्युत […]

सम्बन्धित सामग्री

चेपेखोलाले वन अतिक्रमण गरेको आरोप

आशुतोष इनर्जीले वन क्षेत्र अतिक्रमण गरेर चेपेखोला साना जलविद्युत आयोजना निर्माण गरेको भन्दै वन कार्यालयले पत्र काटेको छ । डिभिजन वन कार्यालय लमजुङले आवश्यक प्रक्रिया नपुर्‍याई निर्माणको गतिविधि अगाडि बढाएको भन्दै आयोजनालाई कारबाही गर्न विभिन्न निकायमा पत्राचार गरेको हो । डिभिजन वनले कारवाही गर्न वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागलाई पत्र पठाएको […]

वन अतिक्रमण बढ्यो

काठमाडौँ, २४ फागुन । कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले […]