सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।शनिबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबार बाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक–पटक दिन न