विराटनगर भन्सार कार्यालयमा राजस्व कम

विराटनगर । विराटनगर भन्सार कार्यालयले कोभिड-१९ काे महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको गरेकाे थियाे । तर यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि राजस्व उठाउन नसक्ने देखिएकाे भन्सार कार्यालयले जनाएकाे हाे । आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व […]

सम्बन्धित सामग्री

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

विराटनगर । विराटनगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेका भारत विहारका ८१ वर्षीय रामनरेश सिंहलाई स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरिएको हो । विराटनगर भन्सार कार्यालय २ नम्बर ढाटमा सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रमेश श्रेष्ठको कमाण्डमा रहेको प्रहरी टोलीले ब्रो ०१ पीजी […]

विराटनगर भन्सार कार्यालय : चार वर्षदेखि लक्ष्यअनुसार राजस्व उठेन

मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि

विराटनगरमा राजस्व असुली घट्यो, भएन लक्ष्य पुरा

विराटनगर – भन्सार कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८-७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको […]

इटहरीमा थन्कियो आठ ट्रक सुपारी

विराटनगर भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको ८ ट्रक सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको छ । मोरङ प्रहरीले गत साउन ५ गते विराटनगर–१४ बाट पक्राउ गरि ८ गते बुझाएको सुपारीको अनुसन्धान प्रक्रिया नै अलमलमा परेपछि त्यसै थन्किएको हो ।

राजश्व संकलनमा कमजोर विराटनगर भन्सार कार्यालय

चालु आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो ७ महिनाको अवधिमा भन्सार कार्यालयले लक्ष्यभन्दा करिव ४ अर्ब कम राजस्व उठाएको हो ।

रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात

पुस २७, विराटनगर । पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकाबाट मंगलवार साँझदेखि आयात निर्यात शुरु भएको छ  मंगलवार साँझ सात बजेसम्ममा भारतबाट पाँच दर्जन मालवाहक सवारी नेपाल प्रवेश गरेका छन् । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् ।  विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासीपैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयको दैनिक करीब १४ करोड ५० लाख रुपैयाँ राजस्व गुमिरहेको थियो । पाँच दिनमा विराटनगर भन्सार कार्यालयले संकलन गर्नुपर्ने ६० करोड रुपैयाँ राजस्व संकलन गर्न सकेन ।  पाँच दिनदेखि जोगवनी र भाण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ ।  नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृती आएमा तत्कालका लागि सुनसरीको नेपाल भारत सीमामा रहेको भण्टावारी नाका प्रयोगको अनुमति सोमवार साँझनै दिएको थियो । तर भारतको भन्सार विभाग र जिल्ला अधिकारीको कार्यालयले यस बारेमा माथिल्लो निकायमा पत्र लेखेपनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्यौलताका कारण नेपाल भारत निकासी र पैठारी रोकिएको थियो ।  विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टावारी नाका हुँदै विराटनगरको आईसीपी सम्म आइपुग्दा मालवाहकलाई झण्डै ११६ किलोमिटरको यात्रा तय गर्नुपर्छ । चार वर्ष अघि पनि मिरगञ्जको पुल भासिदा मालबाहक सवारीलाई भण्टावारी नाकाबाटै नेपाल प्रवेश दिइएको थियो ।  भारतबाट भण्टावारी नाका हुदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले नेपाल प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए ।  भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख रुपैयाँ भएपनि पुस भासिएपछि भारतलगायत तेश्रो मुलुकबाट दैनिक उपभोग्य वस्तु र कच्चा पदार्थसमेत नआएकाले पाँच दिनमा झण्डै ६० करोड रुपैयाँ राजस्व संकलन हुनु पर्नेमा संकलन हुन सकेन ।  फलामको पुलभन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पुल बनिसकेकाले त्यो दुई महीना भित्रमा चालू भएपछि जोगवनी नाकामा आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रुपमा समाधान हुने छ । विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवतजावत गर्ने हुने गरेको छ ।

भीसीटीएसमा नम्बर उल्लेख नभएको ट्याक्टर विराटनगरबाट नियन्त्रण

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट जाँच पास गराएर निस्किएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको छ। भीसीटीएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम) मा ट्याक्टरको नम्बर उल्लेख नभएको पाइएपछि चालक भारत जोगवनीका ३२ वर्षीय पंकज यादवसहित ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। पौडेलका अनुसार ३४ […]

आयात घटेको छैन

कोरोना भाइरस सङ्क्रमणपछिको दुई महिना अवधिमा भन्सारबाट आयात–निर्यात हुने मालवस्तुमा खासै अन्तर देखिएको छैन । विराटनगर भन्सार कार्यालय हुँदै माघ महिनामा निकासी र पैठारी हुने मालवस्तु गत आर्थिक वर्षको यही महिनासम्मको तुलनाकै बराबरी आयात–निर्यात भएको हो ।

कर्मचारी हुन कि एजेन्ट ?

मोरङ । विराटनगर भन्सार कार्यालय। आइतबार बिहान ९ः५० बजे। भन्सार राजस्व बुझाउन र सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र लिन खचाखच सेवाग्राही। भीडमा सेवाग्राहीभन्दा बिचौलिया बढी छन्। सबा १० मा राजस्व बुझाउने काउन्टरमा एक ...