प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यस ...