प्राइम कमर्सियल बैंकद्वारा १६.६३ % लाभांश प्रस्ताव

कात्तिक २२, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/  ७८ को सञ्चित मुनाफाबाट कुल १६ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको सोमवार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत (अघिल्ला वर्षका लाभांशमा कर तिर्नुपर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यो पनि हेर्नुस् : प्राइम कमर्सियल बैंकको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा २ अर्बभन्दा बढी दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ८१ करोड ३३ लाखभन्दा बढी

सम्बन्धित सामग्री

प्राइम कमर्सियल बैंकले पुस २९ गते साधारण सभा गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २९ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं, कालिकास्थानस्थित अमृतभोग क्याटर्समा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष भने बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गरेका थियो । कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत भने गरेको छ । साधारण सभाको विशेष प्रस्तावमा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख छ । यी प्रस्तावसँगै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय पनि टुङ्ग्याृउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्