मंसिर २१, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १६ दशमलव ६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २२ गते एक दिन बुक क्लोज गर्ने भएसँगै लाभांश प्राप्त गर्न बुधवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
कम्पनीले पुस ६ गते १४औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी पनि कम्पनीले गरेको छ ।
कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभामार्फत गर्नेछ ।