प्राइम कमर्सियल बैंकको १४औं साधारण सभा आज, १६.६३% लाभांश पारित हुँदै

पुस ६, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४औं साधारण सभा आज (मंगलवार) हुँदैछ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो । सभाले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको १६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते (एक दिन) बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

प्राइम बैंकको १४ औं वार्षिक साधारणसभा : १६.६ प्रतिशत लाभांश पारित

प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६.६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशतका दरले हुने दुई अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पूँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहबाट गजेन्