ओलीले बुधबार बिहान जुलुससहित बालुवाटार छाड्ने

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवा

सम्बन्धित सामग्री

सभापति देउवाले छोडे बालुवाटार, भाडाको घरमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार छोडेका छन्। प्रधानमन्त्रीबाट हटेका सभापति देउवाले बुधबार बिहान सरकारी निवास बालुवाटार छोडेका हुन्। उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेको उनका प्रेस संयोजक गोविन्द पारियारले जानकारी दिए। बूढानीलकण्ठस्थित आफ्नो घर मर्मत भइरहेकाले उनी भाडाको घरमा सरेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ गत आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भए थिए। सोमबार नै बालुवाटार छोड्ने तयारी गरेका देउवा घर

देउवा बाहिरिएपछि प्रचण्ड आजै सरकारी निवास बालुवाटार सर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ । निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले निवास खाली नगराउँदा उनको शपथमा ढिलाइ हुँदै आएको थियो । देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उनी भाडाको घरमा बालुवाटारबाट सरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री देउवाले छाडे बालुवाटार

काठमाडौं, १३ पुष । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी क्वार्टर बालुवाटार छाडेका छन् । आज (बुधबार) बिहान देउवा धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । देउवाको आफ्नो निजी निवासमा मर्मतसम्भार चलिरहेको छ । उक्त मर्मत कार्य सम्पन्न हुन २ महिना लाग्ने भएकोले उनी त्यतिञ्जेलसम्म धुम्बाराहीमा नै बस्ने जनाईएको छ ।

देउवाले छाडे बालुवाटार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् ।बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्न देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।‘बूढानीलकण्ठको घर निर्माण सकिन ३–४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घरमा सरिरहेको हो,’ उनले भने । उनका अनुसार धुम्बाराहीमा खो

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठ

देउवालाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए। यी दुईबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको जनाएको छ।  जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ।  आज प्रधानमन्त

शुभ साइत हेरेर प्रधानमन्त्री देउवाको बालुवाटार प्रवेश

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन्। प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ। मंगलबार प्रधानमन्त्रीको शपथ लिएपनि उनी बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए। देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाड्नुभएको थियो । ओली निजी निवास बालकोटमा बसोबास […]

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनु भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाड्नु भएको थियो […]

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। देउवाको सचिवालयका अनुसार उनी बिहान ९ः५७ बजे बालुवाटार सर्न लागेका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सरेका थिए।