नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठ