पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् ।बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्न देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।‘बूढानीलकण्ठको घर निर्माण सकिन ३–४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घरमा सरिरहेको हो,’ उनले भने । उनका अनुसार धुम्बाराहीमा खो