सभापति देउवाले छोडे बालुवाटार, भाडाको घरमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार छोडेका छन्। प्रधानमन्त्रीबाट हटेका सभापति देउवाले बुधबार बिहान सरकारी निवास बालुवाटार छोडेका हुन्। उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेको उनका प्रेस संयोजक गोविन्द पारियारले जानकारी दिए। बूढानीलकण्ठस्थित आफ्नो घर मर्मत भइरहेकाले उनी भाडाको घरमा सरेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ गत आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भए थिए। सोमबार नै बालुवाटार छोड्ने तयारी गरेका देउवा घर

सम्बन्धित सामग्री

सहरमा ‘भाडाको घर’ प्रयोग गर्ने परिवार १८ प्रतिशत

७ चैत, काठमाडौं । नेपालमा सहर भनी वर्गीकरण गरिएका नगरपालिका क्षेत्रभित्र कुल १८ प्रतिशत परिवार भाडाका घरमा बसोबास गरिरहेको पाइएको छ । जनगणना २०७८ को तथ्यांक अनुसार नगरपालिका क्षेत्रभित्र ८१ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसोबास गर्छन् । १८ प्रतिशत परिवार भने भाडाका घरमा बसिरहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । जनगणना २०७८ अनुसार नेपालमा […]

भाडाको घर छोडेर पत्निसहित नयाँ घरमा सरे प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवनको भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा सरेका छन्। शिवनगर क्षेत्रमै रहेको भाडाको घरबाट दाहाल र पत्नी सीता नयाँ घरमासरेका हुन्।  प्रतिनिधि ...

प्रदेश कार्यालय अझै भाडाका घरमा

तत्कालीन जिल्ला विकास समिति मकवानपुरको जीर्ण भवनमा रहेको वाग्मती प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडा वर्षायाम सुरु भएसँगै पानी रसाएपछि भाडाको घरमा सरिसकेको छ । उक्त भवनमै रहेको नीति तथा योजना आयोग पनि अहिले अन्यत्र सर्ने सुरसारमा छ । तर भाडाको घर नपाउँदा दैनिक कार्य सञ्चालनमा समस्यामा भोगिरहेको छ ।

सांसदलाई अब किस्तामा घडेरी पनि!

हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरूले पाउने सुविधा थपिँदै गएको छ। सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छ । प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् । प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ। यहाँका सरकारी घरमा…

प्रदेश सांसद भाडाको घरमा बस्नु पर्दैन : उपमहानगर प्रमुख महत

प्रदेश नं ३ का सांसदहरूलाई हेटौंडामा भाडाको घरमा बस्न नपर्ने भएको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरूका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो। मुख्य मन्त्री र मन्त्रीसँगै अन्य जिल्लाबाट आउने सांसदलाई पनि सरकारी भवनमा आवास मिलाउने तयारी गरिएको जानकारी दिंदै उनले भने, ‘जम्मा ११० जनाबाट…

‘काठमाडौंलाई सबैले भाडाको घर ठाने’

मैले अलि फरक रूपमा हेर्छु यसलाई । अहिले जति पनि बाहिरबाट काठमाडौंमा आएर बस्नेहरू छन्, उनीहरू सबैले काठमाडौंलाई भाडाको घर ठाने । उनीहरूले यहाँ केही अप्ठेरो प¥यो भने गाउँ फर्कौंला भन्ने सोच बनाए । जागिर र आफ्नो स्वार्थसिद्धिका लागि मात्रै काठमाडौंलाई माध्यम बनाए । यिनैले हो, काठमाडौंलाई बिगारेको । जो भाडाको घरमा बस्छ, उसले आफ्नो घरजस्तै माया त गर्दैन । यहाँका ७० प्रतिशत मानिसले काठमाडौंलाई आफ्नो घर नै मान्दैनन् । यहाँ बस्नेले काठमाडौंलाई जबसम्म आफ्नो हो भन्दैनन्, तबसम्म काठमाडौं सुध्रनेवाला छैन ।

भाडा नतिरेपछि पूर्व राष्ट्रपति यादबलाई घर खाली गर्न सूचना

पूर्व राष्ट्रपति डा.रामवरण यादब बस्दै आएको घरको भाडा सरकारले नुबझाएपछि मालिकले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलस्थित रविभक्त विष्टको भाडाको घरमा पूर्व राष्ट्रपति यादब बस्दै आएका छन्। राष्ट्रपतिको कार्यकालपछि सरकारले उनलाई सुविधास्वरुप २०७२ कार्तिक १२ मा भाडाको घर उपलब्ध गराएको थियो। गत साउनदेखि घरको भाडा नपाएको विष्टले उल्लेख गरेका छन्।