बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत गुल्मीका हाकिम विश्वकर्मा बुटवलमा जग्गा पाइन्छ भने ५ दिन अगाडि बुटवलको मोतीपुरमा आएका थिए । उनी त्यहीँ समूह बनाएर जग्गामा बसे ।
आइतबार प्रहरीसँग झडप हुँदा उनी घाइते भए । ‘मलाई त बुटवलमा जग्गा बाँड्न लागेको छ भने । हामी तीन–चारजना साथीहरू आएका थियौं । हामी समूह बनाएर बसेका थियौं । प्रहरीले गोली हानेर यस्तो अवस्थामा पुर्यायो,’ विश्वकर्माले भने ।
पाल्पाका समीर थापाको खुट्टामा गोली लागेको छ । उनी पनि जग्गा पाइन्छ भनेर तीन दिनअगाडि बुट...