प्रतिगमन कि अग्रगमन ?

प्रतिगमन कि अग्रगमन भन्ने बहस विस्तारै धीमा बन्दै गइरहेको छ । किनकि देशमा देउवाको सरकार आएको छ । नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यी शब्दहरू नेपालको राजनीतिमा सदावहार हुन् । जुन आफू अनुकूलताका लागि प्रयोगमा ल्याइने अस्त्र बनेका छन् । राजनीतिमा सबै सम्भव हुन्छ भन्ने अभिव्यक्त विचारले राजनीतिलाई मात्र होइन, हरेक क्षेत्रलाई गाँजेको पाइन्छ […]

सम्बन्धित सामग्री

ओलीको अहंकार र दम्भ अझै रोकिएको छैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ को चुनाव अग्रगमन र प्रतिगमन बीचको लडाइँका रुपमा रहेको बताएका छन् । उनले केपी ओलीको प्रतिगमनलाई साथ दिने कि सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको बताए ।बिहीबार वीरेन्द्रनगरको घण्टाघरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले ओलीको अहंकार र दम्भ अझै नरोकिएको टिप्पणी गरे ।‘ओलीले नेपाली जनताको परम्परादेखि चलिआएका रितिरिवाजलाई भत्काउने काम गरे,’ खड्काले भने, ‘त्यसलाई

प्रतिगमनको खतरा कमजोर हुँदै छः प्रचण्ड

उनले आगामी निर्वाचन देशलाई पछाडि धकेल्ने वा अगाडि लैजाने भन्ने विषयको जनमतसंग्रह जस्तो रहेको विचार राखे। उनले यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई अनुरोध गरे।...

स्थानीय तहको निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाईं : अध्यक्ष दाहाल

सर्लाहीको लालबन्दीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन अग्रगमन र प्रतिगमनबीचको कुरुक्षेत्रको लडाईं भएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले नेपाली जनताले अग्रगमनलाई साथ दिने बताउनुभयो ।

निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुने बताएका छन् । यहाँ आज आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए । उनले एकीकृत समाजवादी […]

प्रतिगमन सच्चिएको छ, अब देशलाई सही तवरले अघि बढाउनुपर्छ : डा भट्टराई

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई सही दिशामा अघि बढाएको बताएका छन् । उनले प्रतिगमन सच्चिएकोले अब सबै मिलेर देशलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए । उनले वर्तमान संविधान सबैभन्दा अग्रगमन रहेको सुनाए । र, यसलाई कसैले पनि अवमूल्यन […]

निर्वाचनमा जाने कुरा नै अग्रगमन हो : राजन भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले लोकतन्त्रको सुन्दर पक्षमध्येको एक आवधिक निर्वाचन भएको बताएका छन् ।  सोमवार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले तर अवधि अगाडि नै हुँदा पनि निर्वाचनमा जाने कुरा नै अग्रगमन भएको बताएका छन् ।  उनले अनेक वहाना निकालेर निर्वाचन टार्न खोज्नु चाहिँ प्रतिगमन भएको र लोकतन्त्रको मान्यता विपरित भएको हो ।  यस्तो छ उनको ट्वीट लोकतन्त्रको सुन्दर पक्ष मध्येको एक आवधिक निर्वाचन हो । अवधि पूरा भएर निर्वाचन हुनु अझ राम्रो हो । तर अवधि अगाडि न...

निश्चित व्यक्ति पदमा पुग्न नपाउँदा प्रतिगमन !

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने नभए प्रतिगमन हुने परिभाषा बनाउन लागेकोमा चिन्ता व्यक्त गरेका छन्।...

संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन हो : भानुभक्त ढकाल

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ […]

केपी ओली प्रतिगमनको प्रतिनिधि हुन्ः भट्टराई

नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।’उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा  सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय