नेपाल राष्ट्र बैंकले व्यक्तिगत तथा गैरव्यवसायिक कर्जामा कडाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा, तथा हायर पर्चेज कर्जालगायतका किस्तामा आधारित कर्जा प्रवाहमा कडाइ गरेको हो ।
राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै बैंक वित्तीय संस्थाले ऋणीको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत सीमामा कायम गरेर मात्र गैर व्यवसायिक व्यक्तिगत कर्जा प्रदान गर्न भनेको हो । त्यस्ता प्रकृतिका कर्जा दिँदा बैंक तथा वित्तीय संस्थाले ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनुपर्ने व्यवस्था गरेको छ ।