कर्जा असुलीमा सक्रियता बढाउँदै बैंक तथा वित्तीय संस्था
बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा सक्रिय हुन थालेका छन् । खराब कर्जाको अनुपात बढेर वार्षिक वित्तीय विवरण प्रभावित हुने भएपछि कर्जा उठाउन वित्तीय संस्थाहरू सक्रिय भएका हुन् । बैंकहरूले कर्जा तिर्ने...
काठमाडौँ, १३ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीले उत्पादन वृद्धि र रोजगारी सृजनामा सघाउन नसनेको टिप्पणी गरेका छन्। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को आज आयोजित चौथो वार्षिक साधारणसभामा उपाध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीको अनुपातमा आर्थिक वृद्धि नभएको बताएका हुन् […]
२६ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले नेपाली कृषिजन्य उत्पादन भारतले नेपालबाट आयात गरेर आफ्नो […]
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनामा सुरक्षित कारोबार र कर्जा विविधिकरण सम्बन्धि कार्यक्रममा विज्ञहरुले अर्थतन्त्र साना तथा मझौला व्यवसायले चलाउने भएकाले कर्जा बढाउन जोड दिएका हुन् ।नेपाली अर्थतन्त्रको आधारस्तम्भ मानिने निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास […]
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने सुविधा प्रदान गरेको छ । बिहीबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले यस्तो व्यवस्था गरेको हो । यसै व्यवस्थाअन्तर्गत २०७८ पुस मसान्तसम्म एक हजार ५५८ ऋणीको ५ अर्ब २८ करोड कर्जाको भुक्तानी अवधि थप गरिएको बैंकले जनाएको छ । निषेधा
नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अंश १ दशमलव ७ रहेको छ, जुन दक्षिण एशियाका अन्य मुलुकका बैंकिङ क्षेत्रको भन्दा निकै कम हो ।दक्षिण एशियाली मुलुकहरूमध्ये पाकिस्तानको सबैभन्दा बढी निष्क्रिय कर्
काठमाडौं, माघ २४ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय […]
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी वृद्धि हुनु भनेको अर्थतन्त्र चलायमान हुनु हो । नेपालले उदार आर्थिक नीति अबलम्बन गरेपछि निजी क्षेत्रलाई उद्यमशील बन्न बैंक तथा वित्तीय संस्थाले नै सहयोग गरेका हुन् । अर्थतन्त्रमा चाहिने वित्तीय मध्यस्थताको कार्य गर्न बैंक तथा वित्तीय संस्था खोल्ने कार्यमा सरकारले खुलापन ल्याएपछि निजी क्षेत्रको लगानी पनि बढ्यो भने नागरिकको […]