राप्रपाले उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्ने भएको छ। जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाले एमालेका उम्मेदवारबार बादललाई मत दिने निर्णय गरेको हो। आज एक विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारको पक्षमा मत दिन राप्रपाका प्रदेससभा सदस्य र नगरपालिका/गाउँपालिका प्रमुख/उपप्रमुखलाई निर्देशन दिएको छ। राप्रपाले एमालेबाट अनुरोधसहितको पत्र आएको जनाएको छ।

सम्बन्धित सामग्री

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए अग्रता

जारी मतगणनामा दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।निर्वाचनमा धाँधली भएपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

प्युठानबाट सूर्य र दुर्गाले गरे मतदान

काठमाडाैँ – प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा र गठबन्धनकी उम्मेदवार दुर्गा पाैडेलले मतदान गरेका छन् । एमाले पाेलिटव्यूराे सदस्य तथा प्युठान जिल्ला इन्चाजसमेत रहेका थापाले अमरसिंह मावी साैतामारे मतदान केन्द्रबाट केहीबेरअघि मतदान गरेका हुन् । यता, गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी नेकपा मसाल(राजमाे)की उपाध्यक्ष दुर्गा पाैडेल पनि […]

गोकुल बाँस्कोटा र शिव हुमागाईँले गरे मतदान

काभ्रे – प्रतिनिधि सभा सदस्यका लागि काभ्रे १ का उम्मेदवाद्धय गोकुल बाँस्कोटा र शिव हुमागाईँले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले काभ्रेको मण्डनदेउपुर-४ स्थित नयाँ गाउँ मतदान केन्द्र र सत्ता गठबन्धनका साझा उम्मेदवार हुमागाईँले पनौती नगरपालिका-९ स्थित शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् । बाँस्कोटा र हुमागाईँबिच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ।

गोकुलले गरे मतदान

काभ्रे : काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर-१ का उम्मेदवारद्वय गोकुल बास्कोटा र शिव हुमागाईंले मतदान गरेका छन्।बास्कोटाले काभ्रेको मणडनदेउपुर-४ स्थित नयाँगाउँ मतदान केन्द्र र हुमागाईंले पनौती नगरपालिका-९ स्थित शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। बास्कोटा नेकपा एमालेका उम्मेदवार र हुमागाई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उम्मेदवारद्वय एक अर्काका प्रतिस्पर्धीसमेत हो।

सत्ता गठबन्धन र एमालेका उमेदवारले गरे एकसाथ मतदान

तेह्रथुम : तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारले एकसाथ मत खसालेका छन्।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्।दुवै उम्मेदवारले जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन्। मतदानपछि दुवै उम्मेदवारले एकसाथ मतपत्र मतपेटिकामा खसालेका थिए।

एमालेका उम्मेदवारलाई मत माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त

बेनी : म्याग्दीका एकजना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार जिम्मेवारीमुक्त गरेको छ।धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कार्कीले बिहीबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा शेयर गरेका थिए।कार्कीको फेसबुकको स्क्रीनसट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिल

बाराको पचरौतामा तनाव, केहीबेरका लागि रोकियो मतदान

३० वैशाख, बारा । बाराको पचरौता नगरपालिका-२ स्थित बरगाछी मतदान केन्द्रमा तनाव भएको छ । नेकपा एमालेका उम्मेदवार र कार्यकर्ताले बुथ कब्जा गरी एक पक्षीय रुपमा मतदान गरेको आरोप लगाउँदै विपक्षी राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेपछि मतदान प्रक्रिया रोकिएको छ । निर्वाचन अधिकृतलाई मतदान केन्द्र बाहिर निकालेर एक पक्षीय रुपमा मतदान गरेको आरोप उनीहरुले लगाएका […]

राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु (फोटोफिचर)

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट

बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । उनले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् । उनले बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न चेतावनीसमेत दिएका छन् । उनले बुधवार जारी […]

एमालेले भोट मागेपछि बादललाई जिताउन सूर्यमा मतदान गर्ने राप्रपाको निर्णय

आसन्न राष्ट्रिय सभाको बागमती प्रदेश सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई जिताउन सूर्य चिह्नमा मतदान गर्ने निर्णय गरेको छ । आफ्ना उम्मेदवारलाई मतदान गर्न अनुरोधसहित एमालेले पत्राचार गरेपछि राप्रपाले सहयोग गर्ने निर्णय भएको राजाराम बर्ताैलाले जानकारी दिए । बादल नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका कारण कारवाहीमा परेर पद रिक्त भएको थियो । तर फेरि एमालेबाट बादल नै उम्मेदवार बनेका छन् । राप्रपाले निर्वाचनमा बादललाई मतदान गर्न राप्रपाका प्रदेश स...