काभ्रे : काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर-१ का उम्मेदवारद्वय गोकुल बास्कोटा र शिव हुमागाईंले मतदान गरेका छन्।बास्कोटाले काभ्रेको मणडनदेउपुर-४ स्थित नयाँगाउँ मतदान केन्द्र र हुमागाईंले पनौती नगरपालिका-९ स्थित शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। बास्कोटा नेकपा एमालेका उम्मेदवार र हुमागाई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उम्मेदवारद्वय एक अर्काका प्रतिस्पर्धीसमेत हो।