बेनी : म्याग्दीका एकजना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार जिम्मेवारीमुक्त गरेको छ।धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कार्कीले बिहीबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा शेयर गरेका थिए।कार्कीको फेसबुकको स्क्रीनसट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिल