तेह्रथुम : तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारले एकसाथ मत खसालेका छन्।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्।दुवै उम्मेदवारले जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन्। मतदानपछि दुवै उम्मेदवारले एकसाथ मतपत्र मतपेटिकामा खसालेका थिए।