जनकपुरधाम – मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिल कुमार झा ५ लाख घुस सहित पक्राउ परेका छन् । जनकपुरधामको भानुचौक स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएका छन् । उनले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिएका हुन ।