वीरगन्जका युवा सागर गुरुङ आफ्ना बालसखा अभिषेक नेपालीसँगै सोमबार वीरगन्जको आदर्शनगरमा आयोजित खिचडी (माघी) महोत्सवको खानाको स्टलमा घोङ्गीको परिकारको मज्जा लिइरहेका थिए । ‘बर्षभरि प्रतिक्षा गरेपछि हामीले सहर बजारमा यसरी माघीकै दिन थारु परिकार चाख्न पाइने हो,’ गुरुङले भने, ‘हामीलाई वर्षभरि माघी महोत्सवको प्रतिक्षा हुन्छ ।’