काठमाडौं : बिहीवार काठमाडौंमा एक बालकमा कोभिड- १९ पोजेटिभ देखियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सात वर्षीय बालकमा कोरोना पुष्टि भएसँगै उपत्यकामा फेरि संकटको बादल मडारिन थालेको छ।
संक्रमित बालक चन्द्रगिरि नगरपालिका वडा १ को दहचोमा बस्दै आएका छन्। बालक उनकी आमासहित २५ दिनअघि बाराबाट काठमाडौं आएको खुलेको छ।