काठमाडाैँ : दशैँ नजिकिएसँगै विभिन्न नाका हुँदै काठमाडौँ उपत्यका छाड्नेको संख्या बढेको छ। काठमाडौँबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरूको बिहानदेखि साँझसम्म भीड बढ्न थालेकाे छ।हिजो साँझदेखि कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका स्थानबाट बाहिरिने यात्रुको चाप बढेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो ४० हजारले उपत्यका छाडेकामा आज एकै दिन ५० हजारबढी बाहिरिए