बझाङ – सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलो पटक आरोहण असफल भएको थियो । हिमालसँग मानव सम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (सात हजार ३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि अघिल्लो पटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए । पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहण दलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा हि...