बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा परीक्षणमा कडाइ गरिएको छ।छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो। झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकलाई कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाइ गरिएको हो।उनले भने,“ झुलाघाट नाकाबाट स्वदेश फर्कने ना