नेपालमा उत्पादित चिया गुणस्तरहीन रहेको दोष लगाउँदै भारत सरकारले आयातमा रोक लगाउने प्रयास गरेको छ । भारत सरकारले राज्यसभा र लोकसभामा नेपाली चियालाई कर बढाउने तथा निर्यातमा कोटा तोक्ने गरी विधेयक...
विदेशमा उत्पादित विलासिताका सामान आयातमा रोक लाग्न थालेपछि नेपालको विदेशी डलरको सञ्चितीमा कमी आउँदै गइरहेको छ । यसले देशको तरलता अभाव न्यूनीकरण गर्न केही सहयोग पुग्ने देखिन्छ । सरकारले सवारीसाधन, मदिरा, सुनचाँदी र महँगा ल्यापटप, मोबाइल सेटलगायतका वस्तुलाई ‘विलासिताका सामान’ करार गर्दै ती वस्तुको आयातमा कडाइ गर्ने निर्णय लिए पनि देशभित्रका जनताको आकांक्षा र मागअनुसार […]
The post स्वदेशी उत्पादनमा जोड देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.
माघ १२,काठमाडौ। च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट विषादीयुक्त च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडाई तथा निगरानी गरी नियन्त्रण गर्न सरकारसंग माग गरेको छ ।
नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म नसढ्ने क्यामिकलहरू प्रयोग गरी अवैधरुपमा पठाईरहेको भन्दै त्यसलाई रोक्नुपर्ने सघले विज्ञप्ती जारी गर्दै बताएको छ ।
संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्की द्वारा जारी विज्ञप्तीमा, कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ । च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो । लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने बताइएको छ।
संघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृर्दी भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले वढेको छैन । हामीले घाटा फाईदाको सरोकार नरीखी अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उधोग टिकाउन चलाइरहेका बताए ।
‘प्रयाप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको च्याऊ वजारमा मुल्य गिरावटको अवस्थामा चलिरहेको छ। हामी उत्पादन गर्छौं । हाम्रै फसल वजारमा छ्यापछ्याप्ती भएर उचित मूल्य नपाईरहेको वेलामा परको उत्पादन आऊछ भने त्यो विषाक्त उत्पादन हामी कदापी स्वीकार्न सक्दैनौँ’ उनले भनेका छन् ।
च्याऊ उत्पादक किसान संघ नेपालले अनाधिकृत रुपमा देश वाहिरवाट नेपाल भित्रीने च्याऊलाई निगरानी गर्न सरकारलाई केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याऊ संघ तथा जिल्ला स्थित च्याऊ सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाईरहेका छन् ।
संघको केन्द्रीय टोलीले प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ ।
च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ ।
भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ संघले नेपाली च्याउ किसानका समस्या धेरै रहेको र समस्याको एकै पटकमा समाधान गर्न सम्भव नभएकोले एउटा मात्र माग भारतीय च्याउ कुनै पनि हालतमा रोक्नु पर्ने उल्लेख गरिएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २०७७ साउन ४ गतेदेखि घ्यू, बटर र एसएमपी (धुलो दूध) आयातमा रोक लगायो । तर, नेपालको दूग्ध बजार (डेरी मार्केट) मा अहिले पनि भारतीय उत्पादनको हालीमुहाली छ । पसल–पसलमा भारतका विभिन्न कम्पनीबाट उत्पादित घ्यू, बटर र धुलो दूध बिक्री भइरहेको छ । किराना पसल, मार्ट अन्य सपिङ्ग मलहरूमा नेपाली घ्यू तथा बटर खासै पाइँदैन । तर, भारतलगायत अन्य देशमा उत्पादित घ्यू, बटर र एसएमपी (धुलो दूध) जताततै पाइन्छन् ।भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउनदेखि २०७८ असोजसम्म नेपालमा ६
चितवन । चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै भारतीय केराका कारण नेपाली केरा किसान मारमा परेको बताएको हो । भारतबाट वैध तथा अवैध रूपमा केरा भित्रनु दुःखद रहेको भन्दै संघले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने बताएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहने, तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको उल्लेख छ ।
देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको विज्ञप्तिमार्फत बताइएको छ । ‘नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरीद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लगाउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको संघले बताएको छ । रासस
चितवन । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो ।
भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष...
४ असार, काठमाडौं । नेपालमा उत्पादित मदिरा विदेश निर्यात फेरि खुल्ला गरिएको छ । सरकारले आयात तथा निर्यात हुने वस्तुहरुको सूचीमा हेरफेर गर्दै मदिरालाई खुला गरेको हो ।
दुई वर्ष अघिसम्म नेपालबाट मदिराजन्य वस्तु निर्यात गर्न …