किन भत्किए हेवाका सबै पुल ? डिजाइन बद्ल्ने बेला भएको हो ?

फालेलुङ गाँउपालिकादेखि तमोरसम्म यो खोला जोडिने माझिटारसम्मका पुल बाढीले बगाएको छ । बाढीले अन्य खोलाका केही पुल बगाउनुका साथै क्षति गरेको छ । तर हेवाका सबै पुल बगाएको छ ।

सम्बन्धित सामग्री

किन भत्किए हेवाका सबै पुल ? डिजाइन बद्ल्ने बेला भएको हो ?

फालेलुङ गाँउपालिकादेखि तमोरसम्म यो खोला जोडिने माझिटारसम्मका पुल बाढीले बगाएको छ । बाढीले अन्य खोलाका केही पुल बगाउनुका साथै क्षति गरेको छ । तर हेवाका सबै पुल बगाएको छ ।

स्थानीय सरकारको लापरबाहीले दुर्घटना बढ्यो

बर्दिया । बर्दियाको गुलरिया-बारबर्दिया सडक अन्तर्गत पर्ने जब्दिघाट पुलमा दुर्घटनाको जोखिम बढेको छ । २०७९ असोजमा आएको बाढिले पुल भत्किए पनि कुनै संकेत नराखिदा दुर्घटनाको जोखिम बढेको हो । सोही पुलबाट आउने क्रममा मोटरसाइकल दुर्घटनामा परी गेरुवा गाउँपालिका १ थापापुरका युवराज उपाध्याय घाइते भएका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सो […]

पाकिस्तानमा बाढीका कारण १० वटा पुल भत्किए, सयौं मानिस नदी पारी फसे

एजेन्सी । पाकिस्तानमा खैबर पख्तुन्ख्वा प्रान्तको मानुर उपत्यकामा आएको बाढीका कारण १० वटा पुल भत्काएकाे छ । साेही पुल भत्किएसँगै सयौं मानिस नदी पारी फसेका हुन् । गत शुक्रबार आएको बाढीमापरि सोही क्षेत्रमा १५ जनाको मृत्यु भएको छ । मानुर उपत्यकाको नदीमा फसेका सर्वसाधारणले आफूहरूको उद्धार गर्न बारम्बार अपील गरिरहेका छन् । यद्दपी पुल भत्केका […]

नुवाकोट र रसुवामा पहिरो : सडक-पुल भत्किए, धानखेत पनि बगे

२५ साउन, काठमाडौं । गएरातिको वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत पहिरोले बगाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास […]

बन्दै गरेका दुई पुल भत्किए

दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ ।त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको छ । स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाढी-पहिरोको असर : गण्डकीका ग्रामीण भेगमा खाद्यान्न ढुवानीमा सकस

१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्‍यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे । बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ […]

भत्किए २६ पुल, क्षति एक अर्बनजिक

काठमाडौं, साउन ११। यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा […]

भत्किए २६ पुल, क्षति रू. १ अर्बनजिक

काठमाडौं । यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा निर्माणाधीन मोटरेबल पुल भत्किएका छन् । निर्माण सम्पन्न भइसकेका आठओटा मेटरेबल पुल क्षति पुगेको छ । अन्य खाले पुलहरूमा तीनओटा काठेपुल, एउटा बेलिब्रिज, दुईओटा स्ल्याब कल्र्भट र चारओटा पुलको एप्रोच सडकमा क्षति भएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए । विस्तृत अध्ययन नगरी यकिन तथ्यांक नआए पनि प्रारम्भिक प्रतिवेदनअनुसार यी पुलहरू भत्किँदा रू. ८० करोडको क्षति भएको उनले बताए । त्रियुगा, महेश, लोदारी, कमला खोलाका पुलहरू निर्माण हुँदाहुँदै भत्किएका छन् । कर्णालीको कोठिया घाटा, सोती घाट, प्युठानको खेलाको पुलको एप्रोच (पहुँच) सडकमा क्षति पुगेको भए पनि मुख्य संरचनामा क्षति भएको छैन । मनाङमा बेलिब्रिज, अन्य स्थानका काठे पुलहरू पनि बाढीका कारण भत्किएका छन् । यो तथ्यांकमा गत चैत अन्तिम साता भत्किएको तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल पनि परेको छ । मुलुकका विभिन्न स्थानका सडकपुल खासगरी निर्माणाधीन र निर्माण सम्पन्न भएका पुलहरू चैतमा र वर्षायाममा भत्किएपछि निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार २० गते कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले साउन ७ गतेसम्ममा निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधीन पुलहरूमा भएको क्षतिको कारण विश्लेषण गरी सिफारिश पेश गर्ने कार्यादेश पाएको थियो । ‘अध्ययन टोली फिल्डमा गएर आएको छ, तर कठिनाइ के भयो भने, पुल भत्किएका खोला तथा नदीहरूमा पानीको सतह नघट्दासम्म विस्तृत अध्ययन असम्भव जस्तै देखियो,’ उनले भने, ‘अहिले पानीको सतह बढेको हुँदा किनाराबाट हेर्नेभन्दा बढी काम हुन सकेन ।’ उनले पूर्ण प्रतिवेदनका लागि भदौ १५ पछि मात्रै सम्भावना देखिएको बताए । अहिले यो समितिको म्याद थप गर्ने र पानीको सतह घटेपछि विस्तृत विवरणहरू संकलन नगर्दासम्म अन्तिम प्रतिवदेन नआउने उनको भनाइ छ । अहिले सचिवस्तरमा यसको म्याद थप गर्ने विषयमा छलफल भएको छ । प्रारम्भिक अध्ययनअनुसार पहिलो कारण अस्वाभाविक रूपमा असारमा बढी पानी पर्दा पुलहरूमा क्षति पुगेको उनको भनाइ छ । दोस्रोमा जलाधार क्षेत्रमा हुने क्रियाकलापहरूले पानीका साथसाथै माटो, ग्राभेल, रूखहरू बगेर आउँदा पनि त्यसको भार पुलले थेग्न नसकेको देखिन्छ । ‘जलाधर क्षेत्रमा सडक, सिँचाइ, कुलोजस्ता विकास निर्माणका कामहरू स्थानीय सरकारबाट हुने गरेका छन्,’ नेपालले भने, ‘जथाभावी ट्र्याक खोल्दा निस्केको माटो, ढुंगाहरू व्यवस्थित रूपमा नराख्दा बगेर खोलामै आउँदा खोलाको उचाइ बढ्दा पुलमा क्षति पुगेको हो ।’ साथसाथै केही पुलहरू धेरै पहिला बनेको हुँदा र अहिले वर्षात्को क्रम नै परिवर्तन हुँदा पनि यस्तो क्षति भएको छ । ‘अर्काे मुख्य कुरा हामीसँग वर्षा, माटोको अनुसन्धानजस्ता विषयमा परिपक्व तथ्यांक नै छैन,’ उनले भने, ‘हामीहरू सेकेन्डरी डाटाको भरमा पर्नुपर्छ, ती नमिल्न सक्छन् ।’ पुलहरू बनाउँदा ड्रिलिङ गरेर माटोको परीक्षण गर्दा केही कमजोरी हुन सक्ने भन्दै उनले परामर्शदाता तथा माटो परीक्षणको प्रतिवेदनको पनि डाटाबेस नभएको बताए । विभागमातहतबाट वार्षिक रूपमा साढे २ सयदेखि ३०० सम्म मोटरेबल पुलहरू निर्माण हुँदै आएका छन् । यसमध्ये केही पुलहरूमा समस्या आएको छ ।

वैशाखयता १८ पुल भत्किए : खोलालाई दोष, सरकार-ठेकदार निर्दोष !

२२ असार, काठमाडौं । निर्माणाधीन र निर्माण सकिएर सञ्चालनमा रहेका पुलहरु भाँचिने र बगाउने क्रम उच्च दरमा बढेको छ । तर, यसको जिम्मेवारी लिन कोही पनि तयार छैनन्, बरु बाढी र खोलालाई नै दोष दिएर पन्छिने क्रम चलिरहेको छ । सवारी चलिरहेका पुलको सुरक्षामा गम्भीर नदेखिएको सरकार पछिल्लो सयममा पुल निर्माणका क्रममा हुने लापरवाही र […]