भत्किए २६ पुल, क्षति रू. १ अर्बनजिक

काठमाडौं । यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा निर्माणाधीन मोटरेबल पुल भत्किएका छन् । निर्माण सम्पन्न भइसकेका आठओटा मेटरेबल पुल क्षति पुगेको छ । अन्य खाले पुलहरूमा तीनओटा काठेपुल, एउटा बेलिब्रिज, दुईओटा स्ल्याब कल्र्भट र चारओटा पुलको एप्रोच सडकमा क्षति भएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए । विस्तृत अध्ययन नगरी यकिन तथ्यांक नआए पनि प्रारम्भिक प्रतिवेदनअनुसार यी पुलहरू भत्किँदा रू. ८० करोडको क्षति भएको उनले बताए । त्रियुगा, महेश, लोदारी, कमला खोलाका पुलहरू निर्माण हुँदाहुँदै भत्किएका छन् । कर्णालीको कोठिया घाटा, सोती घाट, प्युठानको खेलाको पुलको एप्रोच (पहुँच) सडकमा क्षति पुगेको भए पनि मुख्य संरचनामा क्षति भएको छैन । मनाङमा बेलिब्रिज, अन्य स्थानका काठे पुलहरू पनि बाढीका कारण भत्किएका छन् । यो तथ्यांकमा गत चैत अन्तिम साता भत्किएको तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल पनि परेको छ । मुलुकका विभिन्न स्थानका सडकपुल खासगरी निर्माणाधीन र निर्माण सम्पन्न भएका पुलहरू चैतमा र वर्षायाममा भत्किएपछि निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार २० गते कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले साउन ७ गतेसम्ममा निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधीन पुलहरूमा भएको क्षतिको कारण विश्लेषण गरी सिफारिश पेश गर्ने कार्यादेश पाएको थियो । ‘अध्ययन टोली फिल्डमा गएर आएको छ, तर कठिनाइ के भयो भने, पुल भत्किएका खोला तथा नदीहरूमा पानीको सतह नघट्दासम्म विस्तृत अध्ययन असम्भव जस्तै देखियो,’ उनले भने, ‘अहिले पानीको सतह बढेको हुँदा किनाराबाट हेर्नेभन्दा बढी काम हुन सकेन ।’ उनले पूर्ण प्रतिवेदनका लागि भदौ १५ पछि मात्रै सम्भावना देखिएको बताए । अहिले यो समितिको म्याद थप गर्ने र पानीको सतह घटेपछि विस्तृत विवरणहरू संकलन नगर्दासम्म अन्तिम प्रतिवदेन नआउने उनको भनाइ छ । अहिले सचिवस्तरमा यसको म्याद थप गर्ने विषयमा छलफल भएको छ । प्रारम्भिक अध्ययनअनुसार पहिलो कारण अस्वाभाविक रूपमा असारमा बढी पानी पर्दा पुलहरूमा क्षति पुगेको उनको भनाइ छ । दोस्रोमा जलाधार क्षेत्रमा हुने क्रियाकलापहरूले पानीका साथसाथै माटो, ग्राभेल, रूखहरू बगेर आउँदा पनि त्यसको भार पुलले थेग्न नसकेको देखिन्छ । ‘जलाधर क्षेत्रमा सडक, सिँचाइ, कुलोजस्ता विकास निर्माणका कामहरू स्थानीय सरकारबाट हुने गरेका छन्,’ नेपालले भने, ‘जथाभावी ट्र्याक खोल्दा निस्केको माटो, ढुंगाहरू व्यवस्थित रूपमा नराख्दा बगेर खोलामै आउँदा खोलाको उचाइ बढ्दा पुलमा क्षति पुगेको हो ।’ साथसाथै केही पुलहरू धेरै पहिला बनेको हुँदा र अहिले वर्षात्को क्रम नै परिवर्तन हुँदा पनि यस्तो क्षति भएको छ । ‘अर्काे मुख्य कुरा हामीसँग वर्षा, माटोको अनुसन्धानजस्ता विषयमा परिपक्व तथ्यांक नै छैन,’ उनले भने, ‘हामीहरू सेकेन्डरी डाटाको भरमा पर्नुपर्छ, ती नमिल्न सक्छन् ।’ पुलहरू बनाउँदा ड्रिलिङ गरेर माटोको परीक्षण गर्दा केही कमजोरी हुन सक्ने भन्दै उनले परामर्शदाता तथा माटो परीक्षणको प्रतिवेदनको पनि डाटाबेस नभएको बताए । विभागमातहतबाट वार्षिक रूपमा साढे २ सयदेखि ३०० सम्म मोटरेबल पुलहरू निर्माण हुँदै आएका छन् । यसमध्ये केही पुलहरूमा समस्या आएको छ ।

सम्बन्धित सामग्री

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा प¥यो। धेरै घर भत्किए। मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए।...

वर्षाले नाम्खा गाउँपालिकाको लिमिमा दुई घर भत्किए

लगातार परेको अविरल वर्षासँगै नाम्खा गाउँपालिका-६ लिमिमा दुई घर भत्किएर क्षति भएको छ ।  नाम्खा गाउँपालिका-६ का कुन्जोक राङडोल तामाङ र तुन्डुप तामाङको घर भत्किएर क्षति भएको हो । कुन्जोक राङडोल...

बाढीपहिरोले २ वटा भत्किए, हजारभन्दा बढी विद्यालयमा क्षति पुग्ने अनुमान

काठमाडौं : प्राकृतिक विपद्का कारण साउन लागेदेखि अहिलेसम्म दुई वटा सरकारी विद्यालयमा क्षति पुगेको छ।नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टल काठमाडौंले साउन १ देखि आज (शुक्रबार) सम्ममा ताप्लेजुङ र लमजुङ जिल्लाका एक/एक गरी दुई वटा विद्यालयमा क्षति पुगेको तथ्यांक उपलब्ध गराएको हो। विद्यालयमा क्षति भए पनि मानवीय क्षति भने नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। अहिले पनि व

आइतबारको भुकम्पले भोजपुरका घर भत्किए

काठमाडौं, १५ साउन । आज खोटाङ केन्द्रविन्दु भएर गएको भुकम्पले सँगै जोडिएको जिल्ला भोजपुरका दुई घर भत्काएको छ। आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पले काठमाडौंसम्म हल्लाएको थियो । भुकम्पले भोजपुरको टक्सारमा रहेको केही घरमा क्षति पुगेको हो । टक्सारको दुई घर भत्किएका छन् भने केही घर चर्केका छन् । भत्केको घरमा […]

हुम्लामा वर्षाले २० घर भत्किए, १०० उच्च जोखिममा

आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिए । घर भत्किए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए । ६ घर भत्किँदा करिब रु आठ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल

बाढी-पहिरोको असर : गण्डकीका ग्रामीण भेगमा खाद्यान्न ढुवानीमा सकस

१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्‍यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे । बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ […]

बाँकेका सात घर बाढीले भत्कायो

ढल निकास नहुँदा पानी जम्मा भइ माटो र इटाले बनेका कच्ची घर बाढीले भत्काएको हो। घर भत्किए पनि मानवीय क्षति भनेको भएको छैन।...

भत्किए २६ पुल, क्षति एक अर्बनजिक

काठमाडौं, साउन ११। यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा […]

पहिरोबाट म्याग्दीका ८३ घर भत्किए

म्याग्दी । म्याग्दीमा बाढी, पहिरो र कटानले ८३ घरमा क्षति पुगेको छ । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीका ८३ घर भत्किएका हुन् । थप १२ घरमा आंशिक क्षति पुगेको छ भने १ सय ४४ घर उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा […]

वर्षाले तीन घर भत्किए

डाेटी – लगातारको वर्षाका कारण डाेटीमा तीन घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दका अनुसार आज वर्षाले सायल गाउँपालिका १ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् । यसैगरी बडीकेदार गाउँपालिका १ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घर भत्किँदा घरमा ...