प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हारिरहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपतिभण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । यही भदौ २४ गतेबाट लागु हुनेगरी उनलाई प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

सम्बन्धित सामग्री

अमेरिकामा प्रधानसेनापति प्रभुराम शर्मा, मेरिन कर्प्सको भ्रमण

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन्। लेबनान र सिरिया भ्रमण सकाएर उनी आइतवार अमेरिकाको औपचारिक भ्रमणमा पुगेका थिए। सोमबार उनले क्वान्टिको भर्जिनियास्थित नेशनल म्यूजियम अफ दी मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन भ्रमण गरेका थिए। त्यसक्रममा शर्माले मेरिन कर्प्स वार फाइटिङ ल्याब्रटरीका कमान्डिङ जनरल बिग्रेडियर केल…

प्रधान सेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गर्दा विमानस्थलममा बिदाइका दृष्य…

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन शनिवार नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गरेको…

प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमणमा जाने

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन्। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ती निकालेर प्रधानसेनापति शर्मा आगामी असार ४ देखि १० गतेसम्म लेबनान र सिरिया भ्रमणमा जाने जानकारी दिएको हो । शर्माले भ्रमणका क्रममा शान्ति सेना मिसनहरूको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने जनाएको छ । भ्रमण टोलीले सिरिया र लेबनानमा मिशनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि तथा फौज तैनाथीको जानकारी लिई शान्ति मिसनका उच्च

प्रधानसेनापति प्रभुराम शर्मा र युएईका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र युएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए । भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्मा स्वेदश फिर्ता

न्युज अफ नेपाल, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा स्वेदश फर्किएका छन्। मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा बसेका प्रधान सेनापति प्रभुराम शर्मा उपचार पछि आज स्वदेश फर्किएका हुन् । उनले आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हाल्लेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मानसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ […]

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २४ भदौबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै शर्मालाई मन्त्रिपरिषदको सिफारिशमा नियुक्त गरिएको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा घरबिदामा बसेपछि उनी कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका छन् ।

प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त

काठमाण्डाै – नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २५ गते सकिने भएकाले साउन २५ गतेदेखि घर बिदामा बस्दै हुनुहुन्छ । थापा घर बिदामा बस्न लाग्नुभएकाले जेष्ठताका क्रममा रहनुभएका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी...

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

काठमाडौं। बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नियुक्त गरेकी हुन्। प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि यही भदौ २४ गतेबाट समाप्त भई अनिवार्य अवकाश पाउँदै छन्। उनी साउन २५ गतेबाट घर बिदामा बस्दैछन्।

कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

कामु प्रधानसेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा सिफारिस भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधान सेनपातिमा शर्मालाई नियुक्त गर्ने छिन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले...