प्रधान सेनापति प्रभुराम शर्मा स्वेदश फिर्ता

न्युज अफ नेपाल, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा स्वेदश फर्किएका छन्। मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा बसेका प्रधान सेनापति प्रभुराम शर्मा उपचार पछि आज स्वदेश फर्किएका हुन् । उनले आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हाल्लेका छन् ।

सम्बन्धित सामग्री

प्रधान सेनापति शर्मा भारत जाने

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्मा आगामी भदौ ७ गतेदेखि ११ सम्म भारत भ्रमणमा जाने भएका छन्। प्रधान सेनापति शर्मा ‘इन्डो प्यासिफिक आर्मी चिफ्स कन्फरेन्स’ मा सहभागी हुन शर्मा भारत जान लागेका हुन्। उक्त अवसरमा नेपाल-भारतबीचका द्विपक्षीय सुरक्षा मामिलाका विषयमा समेत छलफल हुनेछ। ‘भारत भ्रमणका क्रममा द्विपक्षीय विषयमा कुराकानी हुनेछ,’ सेना प्रवक्ता कृष्णप्रसाद भण्डारीले देशसञ्चारसँग भने। […]

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र काठमाडौँस्थित अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भएकाे भेटवार्ता भएको हो। नेपालका लागि मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी...

प्रधान सेनापति अष्ट्रेलिया जाँदै

१ साउन, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने भएका छन् । मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् […]

प्रधान सेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गर्दा विमानस्थलममा बिदाइका दृष्य…

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन शनिवार नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गरेको…

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हानान गोडरबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाकारी दिएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधान सेनापति र यूइईका राजदूतबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाबीबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधान सेनापति स्वेदश फिर्ता

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा रहेका प्रधान सेनापति प्रभुराम शर्मा उपचार पश्चात आज स्वदेश फिर्ता  भएका छन् । उनले आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाले जनाएको छ । उनी उपचारका लागि भन्दै बिदा स्वीकृत गराएर भारत गएका थिए ।

औपचारिक भ्रमणका लागि प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणको लागि प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा प्रधान सेनापति शर्मा भारत प्रस्थान गरेका हुन् । उनलाई...

प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।  मंगलवार बिहान प्रधान सेनापति शर्मा ९ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा निस्किएका छन् ।  भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा  उनी भारत भ्रमणमा गएका हुन् ।

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको  छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।  यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ ।