दाङ : नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला २ महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघको नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिले गत वैशाख १९ गते विद्यापीठमा भएका विभिन्न समस्या समाधानको लागि १४ बुँदे माग राखि तालाबन्दी गरेका थिए।संघले राखेका १४ बुँदे मागमध्ये आधाभन्दा बढी सम्बोधन भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला २ महिनापछि खुलेको हो। सहमतिअनुसार कार्यालयको मूलगेट र प्रशासन शाखालगायतका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगा