२०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको गैँडाकोटको पुलचोकदेखि बुटवलसम्मको सडक विस्तारले गति लिन नसक्दा अलपत्र जस्तै बनेको छ । सडक निर्माण तथा विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको कामलाई गति दिन नसक्दा अहिले यो सडक अलपत्र जस्तै बनेको हो । ११३ किलोमिटर लामो गैँडाकोट नारायणी नदी पुल देखि बुटवलसम्मको सडक विस्तारका लागि १७ अर्व रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।साढे तिन वर्षमा निर्मा