निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक”को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके तापनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए ।उनका अनुसार चारआली– केचना ४० किलोमिटर सडक निर्माणका लागि विसं २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङघा जे