ब्याजदर घटेको घट्यै, छैन कर्जा माग

बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, कर्जा प्रवाह सुस्त छ भने भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब (निष्क्रिय) कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकहरूले देखाएका छन् ।

सम्बन्धित सामग्री

बैंकमा थुप्रियो ६ खर्ब ६१ अर्ब

कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार, घट्दो ब्याजदर, पर्याप्त तरलतालगायत कारण चालु वर्षको सुरुदेखि कर्जा माग बढ्ने अपेक्षा गरिए पनि अर्थतन्त्रको परिस्थिति सोचेअनुरूप नहुँदा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको हो ।

बैंकमा ऋणयोग्य रकम २ खर्ब, ब्याजदर पनि घट्दै

एक वर्षअघि यही समयमा बैंकहरूमा ४ खर्बभन्दा बढी कर्जा माग थियो, बैंकले कर्जा दिन सकेका थिएनन् । यतिबेला परिस्थिति फेरिएको छ ।

गभर्नरले भने- कर्जाकाे ब्याजदर फेरि बढ्न सक्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकमा कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका छन् । चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल (आईक्यान)ले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनको दोस्रो दिनको कार्यक्रममा गभर्नर अधिकारीले   बैंकिङ ब्याजदर वृद्धि हुने बताएका हुन् । अहिलेको परिस्थितिले नै ब्याजदर अहिलेको भन्दा […]

गभर्नरले भने– अझै ब्याजदर बढ्न सक्छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका हुन् । गभर्नर अधिकारीले मुलुकमा अझै वित्तीय सन्तुलन कायम भइनसकेको जिकिर गर्दै उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका हुन् । उनले  त्यसका लागि तयार रहनुपर्ने पनि बताए ।हाल बैंकिङ क्षे

गभर्नरले भने–अझै ब्याजदर बढ्न सक्छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका हुन् । गभर्नर अधिकारीले मुलुकमा अझै वित्तीय सन्तुलन कायम भइनसकेको जिकिर गर्दै उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका हुन् । उनले  त्यसका लागि तयार रहनुपर्ने पनि बताए ।हाल बैंकिङ क्षे

निक्षेपकै ब्याजदर १८ प्रतिशतसम्म पुग्न सक्छ : रत्नराज बज्राचार्य

बैंकर्स संघका पूर्व अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक तथा वित्तिय संस्थाहरुहरुले दिने निक्षेप ब्याजदर १८ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् । बुधबार राजधानीमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित आर्थिक स्थायित्व एवं नवउत्थान बहस कार्यक्रममा बोल्दै बज्राचार्यले यस्तो बताएका हुन् । पछिल्लो समय बढ्दो तरलता अभावबीच बढ्दो कर्जा माग र वित्तीय परिचालनको कमजोर स्थितिले थप तरलताको समस्या गहिरिएर आउदो असार मसान्तसम्ममा निक्षेपको ब्याजदर १८ प्रतिशतसम्म पु

गत साता बैंकहरुको निक्षेप १ अर्ब बढ्यो, कर्जा प्रवाह ४ अर्ब बढ्यो

गत साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब कायम भएको छ । यस अवधिमा नेपाल मुद्राको निक्षेप ३ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप २ अर्ब घटेको छ । त्यस्तै यस अवधिमा कर्जा प्रवाह ४ अर्बले बढेको छ । माघ २९ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा बैंकहरुको कर्जा प्रवाह बढेर ४१ खर्ब ५९ अर्ब कायम भएको छ । वाणिज्य बैंकहरुले फागुनको लागि ब्याजदर बढाएका छन् । २ महिनासम्म ब्याजदर स्थित राखेका बैंकहरुले फागुनको लागि भने ब्याज बढाएका छन् । बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिएका छन् । बाणिज्य बैंकहरुले ब्याज बढाएपछि विकास बैंक र फाइनान्सहरुले पनि फागुनको लागि ब्याज बढाएका छन्। उता नेपाल राष्ट्र बैंकले तरलतामा चापको स्थिति कायमै रहने अवस्था देखिएको जनाएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा बिहिबार सार्वजनिक गर्दै कर्जा विस्तारको ठूलो अंश आयाततर्फ केन्द्रित भई शोधनान्तर घाटा बढ्दो र विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेसम्म तरलतामा चापको स्थिति कायमै रहने देखिएको जनाएको हो।चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै वाह्य क्षेत्रतर्फ भुक्तानी सन्तुलन घाटामा गएको र साधन परिचालनको तुलनामा कर्जा माग उच्च रहेका कारण बैंकिङ्ग क्षेत्रको तरलतामा दबाब परेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलता व्यवस्थापनमा दबाब परेको छ । तसर्थ, आन्तरिक एवम् वाह्य क्षेत्र सन्तुलन कायम राख्न सीमित वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा परिचालन गर्न जोड दिनुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु.३५१ अर्ब ७ करोड र स्थायी तरलता सुविधामार्फत रु.३०१५ अर्ब ८९ करोड गरी कुल रु.३३६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी रु.८० अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५१ अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो । यसरी समीक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरको खरिद ६८.५ प्रतिशतले कमी आएको छ ।राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ।वाह्य क्षेत्र र तरलतामा विद्यमान चापको स्थितिलाई दृष्टिगत गर्दै वाह्य क्षेत्र स्थायित्वसहित समष्टिगत आर्थिक स्थायित्व कायम राख्नेतर्फ मौद्रिक व्यवस्थापनलाई परिलक्षित गरिने राष्ट्र बैंकले जनाएको छ ।नोट: समाचार प्रकाशन भईसकेपछि नेपाल बैंकर्स एसोसिएसनले तथ्यांक अपडेट गरि पुन: उपलब्ध गराएकोले सोहि अनुसार यो समाचार सम्पादन गरिएको छ । यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौ | सम्पादक

तरलता व्यवस्थापन र ब्याजदर

कोरोनाको महामारी तथा मुलुकको प्रायः सबै क्षेत्रमा लगाइएको निषेधाज्ञाका कारण आर्थिक गतिविधि निकै सुस्त भएको समयमा समेत २७ मध्ये ११ ओटा बैंकहरूको लगानीयोग्य पूँजी पर्याप्त नभएको देखिएको छ । यतिबेला बैंकहरूमा अधिक तरलता देखिनुपर्ने हो । तर, कर्जा लगानी खासै नबढे पनि लगानीयोग्य पूँजी कसिलो बन्दै जाँदा वित्तीय क्षेत्रमा कतै केही असन्तुलन भइरहेको छ कि भन्ने प्रश्न उब्जिएको छ । चालू आवमा कोरोनाका कारण आयातमा कमी आएकाले ब्याजदर र तरलतामा खासै समस्या देखिएन । तर, आयात बढ्न थालेसँगै यस्तो समस्याको संकेत देखापर्न थालेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा बैंकहरूका लागि कर्जा पूँजी र निक्षेप अनुपात ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत पुर्‍याएको छ । यो सीमा कुनै पनि बैंकले छोइसकेका छैनन् तर ८० प्रतिशतमाथि हुँदा चाँडै नै उनीहरू कर्जाको माग बढेमा लगानी गर्न नसक्ने अवस्थामा पुगेको संकेत मिल्छ । निषेधाज्ञाको १ महीनाको अवधिमा कर्जा लगानी र निक्षेप संकलन दुवै करीब ३५ अर्बको हाराहारीमा रहेको छ । कर्जा प्रवाहको दाँजोमा निक्षेप बढी संकलन हुँदै जाने हो भने लगानीयोग्य रकम बढ्दै जान्छ । त्यस्तै निक्षेप कम संकलन र कर्जा माग बढी भएमा तरलताको समस्या बढ्दै जाने हुन्छ । अहिले यी दुवैको वृद्धि समान हुँदा पनि कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले निर्धारण गरेको तहमा पुग्न आँटेको छ । निषेधाज्ञा खुकुलो पारिँदै छ र अब कर्जाको माग बिस्तारै बढ्ने देखिन्छ । यस्तोमा निक्षेप संकलन बढेन भने ब्याजदरमा असर पर्ने देखिन्छ । नेपालको बैंकिङ क्षेत्रमा ब्याजदरको किचलो दीर्घकालीन समस्या बनिरहेको छ । सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन सके आर्थिक गतिविधिमा लगानी बढ्छ भने महँगो ब्याजदरले लगानी महँगो हुन गई अर्थतन्त्रमा असर पार्न सक्छ । सस्तो ब्याजदरमा पैसा पाउँदा मानिसहरूले उद्योग व्यवसायको बिस्तार गर्ने सम्भावना बढी हुन्छ । यसबाट थप रोजगारी सृजना पनि हुन्छ । त्यसैले ब्याजदर बढ्न नदिन केन्द्रीय बैंकले विभिन्न नीति लिने गरेको पाइन्छ । केन्द्रीय बैंकले ब्याजदरलाई निश्चित तहमा राख्न प्रयत्न गर्छ । उदारवादी अर्थतन्त्र अँगालेको हुनाले राष्ट्र बैंकले ब्याजदरका लागि सीधै बजारमा हस्तक्षेप गर्न भने सक्दैन र हुँदैन भन्ने मान्यता राखिन्छ । तर, उसले विभिन्न नीतिगत व्यवस्था गरेर ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्न प्रयास गर्छ । निक्षेप र कर्जाले मात्रै निर्धारण गर्ने ब्याजदर अस्थिर हुन्छ । त्यसैले पोलिसी रेटले ब्याजदरलाई निर्धारण गर्ने प्रयास केन्द्रीय बैंकहरूले गर्छन् । नेपाल राष्ट्र बैंकले पनि यस्तो प्रयास नगरेको होइन तर यसले काम गरेको पाइँदैन । त्यस्तै ब्याजदर नियन्त्रणमा लिन उसले ब्याजदर कोरिडोर पनि ल्याएको थियो र यसले पनि उसले चाहेअनुसार ब्याजदर नियन्त्रणमा आउन सकेको थिएन । स्थिर ब्याजदर कायम गराउन दीर्घकालीन स्रोतका लागि राष्ट्र बैंकले बैंकहरूलाई ऋणपत्र विक्री गर्न बाध्य पार्ने नीति ल्यायो । तैपनि अहिले कर्जा निक्षेप अनुपातमा दबाब पर्दै गएपछि बैंकहरूले अन्तर बैंक सापटी लिन थालेको र त्यो पाउन गाह्रो भएको भनाइ बैंकरहरूको पाइन्छ । अहिले आर्थिक वर्षको अन्तिम महीना चलिरहेको छ । आवको अन्त्यमा पूँजीगत खर्च निकै हुने भएकाले सरकारी ढुकुटीको पैसा बैंकिङ प्रणालीमा आई तरलता केही सहज हुने देखिन्छ । त्यसैले आगामी १ हप्तामा सरकारले कति खर्च गर्न सक्छ त्यसले तरलता निर्धारण गर्छ र ब्याजदरमा दबाब कम पर्छ । विगतको अभ्यास हेर्दा असारमा आउने पैसाले २ महीना जतिलाई मात्रै पुग्ने र त्यसपछि तरलतामा दबाब पर्ने गरेको छ । चालू आवमा कोरोनाका कारण आयातमा कमी आएकाले ब्याजदर र तरलतामा खासै समस्या देखिएन । तर, आयात बढ्न थालेसँगै यस्तो समस्याको संकेत देखापर्न थालेको छ । ब्याजदर बढ्न गए उद्योगहरू तंग्रिन र विस्तार गर्न समस्या हुने देखिन्छ जसले अन्ततोगत्वा रोजगारी सृजनामै असर गर्छ । यसो भयो भने सरकारले लिएको ६ दशमलव ५ प्रतिशतकोे आर्थिक वृद्धिदरको लक्ष्य प्रभावित हुन सक्छ ।

वाणिज्य बैंकले घटाए ब्याजदर, कहाँ पाइन्छ बढी ब्याज ?

बैंकमा निक्षेपभन्दा कर्जा माग बढेर तरलता (लगानीयोग्य रकम) अभाव देखिने संकेत देखापरिरहँदा कतिपय वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । केही बैंकले भने ब्याजदर यथावत् राखेका छन्