काठमाडौं : गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ।आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै दार्चुलाका जयसिंह धामी प्रकरण तथा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास योजनालगायतका विषयलाई लिएर भैरहेको आन्दोलनलाई लक्षित गरी सरकारले प्रकाशित गरेका विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।गृह मन्त्रालयले भदौ १८ र २