काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सोमवार बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्प ४.७ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा भएको थियो।