बन्दकर्ताले दूध ढुवानीका साधनमा क्षति पुर्‍याएकोमा दु:ख व्यक्त

फागुन १६, काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सूचिमा रहेको भन्दै यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा दुःख व्यक्त गरेको छ । एशोसिएशनले सोमवार विज्ञप्ति जारी गर्दै बिगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भइरहेकोमा यसपटक एमसीसी पास भएको विरोधमा आठ ओटा राजनीतिक दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दूध ढुवानीमा गरी काठमाडौंको सुकेधारामा आउँदा बिहान ६ बजे तोडफोड गरिएको उल्लेख गरेको छ ।  विज्ञप्तिमा राज्यले उच्च महत्वका साथ दूध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्स सरह मान्यता दिएको उल्लेख गर्दै  राज्यले नीति नियम बनाउने तर गरिने व्यवहारमा चाहीं त्यो अनुसार नगरिनाले अत्यन्तै समस्या पर्न गएको उल्लेख छ ।  साथै विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीको पालामा आम सरोकारवालाहरुले धेरै अगाडिबाट उठाएको विषय दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने कुराको महत्व बुझि ढुवानीलाई बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा  प्रतीक चिन्ह ( लोगो ) निर्माण भइ  प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सृजना हुनु सम्बन्धित बन्दकर्ता राजनीतिक दलका लागि पनि शोभनीय नहुनु पर्ने हो भनिएको छ ।  उसले बन्द हडतालमा अब आइन्दा अत्यावश्यक बस्तु बोक्ने कुनै पनि सवारी साधनमाथि तोडफोड नगर्न र सोमवार तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई अनुरोध गरेको छ ।    

सम्बन्धित सामग्री

उत्पादन घट्ने सिजनमै ६ अर्बको दूध बिकेन

काठमाडौं। दूधको उत्पादन घट्ने र बजार माग बढ्ने सिजनमै ६ अर्ब रुपैयाँको दूध विक्री हुन सकेको छैन । आर्थिक मन्दीका कारण दूधको खपत घट्न गएकाले उत्पादन घट्ने सिजनमा पनि दूधको माग घटेर विक्री हुन नसकेको हो । दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन र अन्य अनौपचारिक क्षेत्रले किसानबाट खरीद गरेको दूध बेच्न नसक्दा किसानले दूधको भुक्तानीसमेत पाउन सकेका छैनन् । नेपालमा दैनिक करीब ७० लाख लिटर दूध उत्पादन हुने गर्छ । त्यसबाट औपचारिक क्षेत्रले सामान्य अवस्थामा दैनिक ९ लाख लिटर दूध खरीद गर्छ । मङ्सिरदेखि वैशाखसम्म दूधको उत्पादन बढ्ने र खपत घट्ने सिजन हो भने जेठदेखि कात्तिकसम्म दूध उत्पादन घट्ने र खपत बढ्ने सिजन हो । तर, यसपालि त्यसो भएन जसले गर्दा बजारमा खपत घट्न गई औपचारीक क्षेत्रका दुग्ध व्यवसायीले हाल ३० प्रतिशतसम्मले दूध खरीद घटाएका छन् ।  यति गर्दा पनि ६ अर्ब रुपैयाँ बराबरको करीब ४ लाख मेट्रिक टन बटर र एसएमपी मौज्दात रहन गएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले जानकारी दिए । उनका अनुसार बजारमा झोल दूध नै विक्री नहुँदा पहिलेको मौज्दात धूलो दूध पनि विक्री भएको छैन । ‘पछि खरीद गरेको झोल दूधलाई पनि धूलो दूधमै परिणत गर्नुपर्ने अवस्था आयो जसले गर्दा यति ठूलो मात्रामा मौज्दात बढ्न गयो,’ उनले भने ।  काठमाडौं उपत्यकाभित्रको करीब ७५ प्रतिशत बजार माग औपचारिक क्षेत्रका डेरीहरूले धान्ने गर्छन् । तर, अहिले औपचारिक क्षेत्रबाट माग हुने दूधको बजार २५ प्रतिशतसम्मले घटेको बताइएको छ । चार महीनाअघिसम्म विभिन्न डेरी उद्योगले दूधको अभाव भएको भन्दै भारतबाट दूध आयात खोल्न माग गरिरहेको अवस्थामा यति चाँडै आन्तरिक उत्पादनसमेत विक्री हुन नसक्ने अवस्थामा पुग्नु नेपाली डेरी क्षेत्रका लागि चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले दूधको विक्री घट्नुमा सबैभन्दा ठूलो कारण आर्थिक मन्दी नै भएको बताए । ‘अहिले बजारमा सबै वस्तुको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । तर, उपभोक्ताको आम्दानी स्थिर छ । यसले गर्दा उपभोक्ताले पहिलेको जस्तो दिल खोलेर उपभोग गर्न सक्ने अवस्था छैन । त्यसैले उपभोक्ताले दूधको उपभोग पनि कटौती गरेकाले दूध विक्री हुन नसकेको हो,’ उनले आर्थिक अभियानसँग भने । दूध किसानको ७० करोड भुक्तानी बाँकी बजारमा दूधको विक्री ह्वात्तै घटेपछि डीडीसी र निजीक्षेत्रका डेरी उद्योगहरूले किसानलाई ४ महीनादेखि ७० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । दु:ख गरेर उत्पादन गरेको दूध विक्रीबाट पाउनुपर्ने रकम नपाएपछि ७० प्रतिशतभन्दा बढी दूध उत्पादक किसान मर्कामा परेको बताइएको छ । दूध उत्पादक किसानले उद्योगीहरूबाट भुक्तानी दिलाई दिन कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई गुहार्दा समेत सुनुवाइ नभएको गुनासो गरेका छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव राम आचार्यले डीडीसीबाट ६० करोड र निजीक्षेत्रका डेरीहरूबाट १० करोड रुपैयाँ गरेर ७० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए । उनका अनुसार ऋण खोजेर गाईभैंसी पालेर उत्पादन गरेको दूधको रकम लामो समयसम्म नपाउँदा दूध उत्पादक किसान पलायन हुने अवस्थामा पुगेका छन् । नेपालमा करीब ६ लाख घरपरिवार किसान दूध उत्पादनमा सलंग्न छन् । निकासी गर्न बजार खोजिँदै दूध विक्री हुन नसकेपछि डेरी उद्योगीहरू बढी भएको दूधलाई अन्तरराष्ट्रिय बजारसम्म निर्यात गरेर भए पनि बेच्ने उद्देश्यले त्यसको तयारीमा जुटेका छन् । नेपाल डेरी एशोसिएशनले दूधको अन्तरराष्ट्रिय बजार खोज्न आफ्ना प्रतिनिधिलाई बंगलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बंगलादेश नेपालबाट दूध आयात गर्न सकारात्मक देखिएको र नियमित उपलब्ध गराएमा खरीद गर्न तयार भएको एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए । ‘तर, हामीले नियमित रूपमा उपब्ध गराउन सक्ने वा नसक्ने भन्नेमा प्रश्न खडा भएको छ । किनभने नेपाल अहिले पनि ८० प्रतिशत मात्रै दूधमा आत्मनिर्भर भएको अवस्था हो । त्यसैले बाह्रै महीना पठाउन नसकिने हो कि भन्ने कुराले सम्झौतामा हामी अझै जान सकेका छैनौं,’ उनले भने । यद्यपि एशोसिएशनले बंगलादेशभन्दा बाहिरका लागि पनि सम्भावित बजार खोज्दै छ ।

भक्तपुरको नाग पोखरीमा यसरी गरियो दूध अभिषेक

काठमाडौं : आज देशभर नाग पञ्चमी मनाइँदैछ। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिएको छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। नाग पञ्चमीको अवसरमा भक्तपुरस्थित नाग पोखरीमा बिहानैदेखि भक्तजनहरु दर्शन गर्न…

घरघरमा टासिँयो नागको तस्विर, पोखरी जीर्ण बन्दा नागपोखरीमा घट्यो रौनक

काठमाडौं : आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गरिएको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी…

भैंसी र सरकार उस्तै उस्तै

यो शीर्षक देख्दा तपाईंलाई अचम्म लाग्ला, भैंसी र सरकारको पनि कहीँ तुलना हुन्छ र भनेर । तर हुन्छ नि । तपाईंले उखान सुन्नुभएकै होला ‘भैसके आगे बिन बजाए’ अर्थात् भैंसीको अगाडि वीणा बजायो भने त्यसको कुनै अर्थ छैन । यता हाम्रो सरकार पनि उस्तै छ । जनताले जति वीणा बजाए पनि सरकारलाई मतलबै छैन । भैंसी दिनभरि नै खाइरहन्छ । त्यस्तै सरकार पनि पाए र भ्याएसम्म खाइ नै रहन्छ । तथ्यांक, कर र कानून । सरकारलाई हेर्न मन छ भने कुनै पनि दोबाटो, चौबाटो वा खेतमा हिँडिरहेको भैंसीलाई हेरे पुग्छ । भैंसी र सरकार आआफ्नो ठाउँमा उभिएका छन् । भैंसीको अगाडि वीणा बजाउनेहरू अलग अलग रागमा बजाउन थालेका छन् । तर न त सरकारमा कुनै प्रभाव परेको छ न त भैंसीमा नै । ‘कालो अक्षर भैंसी बराबर’ भनेजस्तै । सरकारले लेख्ने योजना अर्थात् काला अक्षरहरू केवल भैंसीजस्ता मात्र भएका छन् । जसरी भैंसीलाई बुझ्न गाह्रो छ, त्यसरी नै सरकारका काला अक्षरका योजना पनि बुझ्न पनि गाह्रै छ । त्यसैले जब जब सरकारलाई हेर्छु, तब तब म सरकारको साटो भैंसी पो देख्छु । भैंसीलाई हेरौं वा सरकारलाई, दुवै उस्तै लाग्छन् ! किनकि भैंसीले कुँडो माग्छ, सरकारले कर । भैंसीले जब जब मुख खोल्छ, तब तब उसले पानी वा पराल नै माग्छ । यसरी बिहान पनि भैंसीले मुख खोलेर कुँडो माग्छ, दिउँसो पनि माग्छ र साँझ फेरि माग्छ । अनि सरकार पनि हरेक मौकामा, हरेक गौंडामा जनतासँग केही न केही मागि नै रहन्छ । जनता त गाईभन्दा बढी, जसलाई सरकारले सधैं दुहि मात्र रहँदैन, रगतै चुस्छ । यता भैंसीले पनि जब पुच्छर उचाल्छ, तब उसले गीत गाउँदैन । उसले सीधै गोब्य्राउँछ । सरकारले पनि जब जब कुनै नयाँ योजना ल्याउँछ, तब जनतामाथि कुनै न कुनै नयाँ रूपमा गोब्य्राउँछ अर्थात् दु:ख थपिदिन्छ । सरकारको कुनै नयाँ योजनाको अर्थ नै नयाँ कर हुन्छ वा जनतासँग कुनै न कुनै रूपमा केही माग्ने अझ भनौं खोस्ने नै हुन्छ । भैंसी र सरकारमा प्राय: सबै कुरामा समानता छ । रंग र ढंग दुवैको उस्तै कालो । उखानै छ नि ‘जोसँग लौरो हुन्छ, भैंसी उसैको हुन्छ’ । अर्थात् जोसँग लाठी, मुंग्री हुन्छ, सरकार पनि उसैको हुन्छ । लाठी बारम्बार घुमाइराखेमा न केवल भैंसी तपाईंको हुन्छ, लाठी घुमाएपछि सरकार पनि तपाईंकै हुन्छ । अर्थात् जसको लौरो, उसकै सरकार । प्राथमिक विद्यालयको परीक्षामा कहिलेकाहीँ यस्तो प्रश्न पनि सोधिन्छ ‘बुद्धि ठूलो कि भैंसी ?’ यसलाई यसरी पनि भन्न सकिन्छ ‘बुद्धि ठूलो कि सरकार ?’ बुद्धि र भैंसीमध्ये कुन चैं ठूलो भनेर छान्नुपर्‍यो भने आपतै पर्छ । कतिपय समयमा बुद्धि, विवेकका अगाडि भैंसी नै ठूलो भएर आउँछ । बिचरा बुद्धि घाँस खानतिर लाग्छ र भैंसी चाहिँ काजु बदाम । भैंसी यदि सांसद वा मन्त्रीको हो भने भैंसी त यसै पनि ठूलो भइहाल्छ । यस्तोमा बिचरा बुद्धि कुनै कुनामा थन्केर बस्न बाध्य हुन्छ, सरकारी अफिसहरूमा पञ्चवर्षीय योजनाहरू थन्किएजस्तै । भैंसी दिनभरि नै खाइरहन्छ । त्यस्तै सरकार पनि पाए र भ्याएसम्म खाइ नै रहन्छ । तथ्यांक, कर र कानून । सरकारलाई हेर्न मन छ भने कुनै पनि दोबाटो, चौबाटो वा खेतमा हिँडिरहेको भैंसीलाई हेरे पुग्छ । ऊ उभिई उभिई उग्राइरहेको हुन्छ र बीचबीचमा दाँत पनि देखाइरहेको हुन्छ । आउने जाने सबैलाई टुलुटुलु हेर्र्दै अगाडि बढिरहेको हुन्छ । सम्झनोस् कि यै नै हो असली सरकार र असली भैंसी । हो, सरकार र भैंसी दुवैको भाषा बुझ्न कठिन नै हुन्छ । भैंसी निस्पृह भावमा उग्राइरहँदा उसको मनमा के छ, थाहा पाउनै सकिन्न । त्यसैगरी सरकारले पनि कुनै नयाँ नीति ल्याउँदा के मनसायले ल्याएको हो भेउ पाउनै सकिन्न । अझ सरकारको भाषाको त के कुरा गर्नु ? जस्तै, ९० रुपैयाँमा किनेको पेट्रोल जनतालाई १५० रुपैयाँमा बेच्दा पनि घाटै भयो भनिरहन्छ । पेट्रोलियममा २ रुपैयाँ मूल्य घटायो भने ठूलै ढोल पिट्छ । तर केही दिनभित्रै २०औं रुपैयाँ प्रतिलिटर मूल्य बढाउँदा पनि मूल्य बढ्यो भन्दैन, ‘समायोजन गर्‍या’ भनेर व्याख्यात्मक टिप्पणी गर्छ । त्यस्तै, रेमिट्यान्सबाट देशभित्र आएको डलरजति पेट्रोलियम किन्न भारत पठाउँछ, जलविद्युत् आयोजनाका लागि भनेर जनताबाट अतिरिक्त कर पनि उठाउँछ, तर बूढीगण्डकी होस् वा अरू कुनै पनि आयोजना ठीक ढंगले अघि बढाउँदैन । तर जलविद्युत् विकासको राग अलाप्न पनि छाड्दैन । अनि यस्तोमा कसरी बुझ्ने सरकारको भाषा ? सरकार एकातिर भन्छ डलरको सञ्चिति घट्यो, व्यापार घाटा ह्वात्तै बढ्यो । अर्काेतिर फेरि भन्छ, अम्रिकाबाट बदाम, ओखर, चीनबाट स्याउ, अफ्रिकाबाट काजु, भारतबाट तरकारी, फलफूल, चामल, गहुँ, मकै, पाएजति सबैथोक ल्याऊ । क्यानडाबाट तोरी ल्याएर खानु । देशमा श्रम गर्ने कामै छैन, बरु मर्नै परे पनि वैदेशिक रोजगारीमै जानु । हैन, अनि कसरी बुझ्नु हो यो सरकारी भाषा ? त्यसैले म त रनभुल्लमा पो छु, सरकार र भंैसीमा फरक कसरी छुट्याउने भनेर ! बरु केही कुरामा त भैंसी पो उत्तम । सरकारले बच्चा पायो भने आयोग र विभाग बन्छन् । तिनलाई पाल्ने भार हामीलाई थपिन्छ, जनतालाई थप दु:ख दिन्छ । तर भैंसीले हामीलाई दूध दिन्छ, पाडा–पाडी दिन्छ, अर्गानिक मल दिन्छ । अब भन्नुस् त, सरकार रोज्ने कि भैंसी हँ ?

तिज पर्व सुरु, आज दर खाइँदै

काठमाडौं : विभिन्न मिठामिठा परिकारको साथमा बुधबार दर खाइँदै छ। आफ्ना दु:ख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तिजको अवसरमा नेपाली महिलाहरुले दर खाँदैछन्।भाद्र शुक्ल द्वितियाका दिन दर खाने चलन छ।  दर खाने दिनबाट हरितालिका तिज सुरु भएको मानिन्छ। कोरोनाको महामारी र निषेधाज्ञाका कारण टाढाटाढा रहेका चेलबेटीहरु यसपालि माइतीघरमा भेला भएर खीर, गुँद, हलुवा, ढकनी, घ्यु दही दूध मिठाई, फलफूल लगायतका  मिठा परिकारको दर खाँदैछन्।कोरोना महामारीका कारण अघिल्लो वर्ष भने जमघट रोकिएको थियो। पछिल्लो समय महिन

भक्तपुरको नाग पोखरीमा यसरी गरियो नागलाई दूध अभिषेक

काठमाडौंः आज देशभर नाग पञ्चमी मनाइएको छ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। काठमाडौंको नक्सालस्थित नागपोखरी, भक्तपुरको नाग पोखरीमा भक्तजनहरु दर्शन गर्न पुगेका थिए। प्रचलन अनुसार…

घरको मूल ढोकामा नागको तस्विर टाँसेर मनाइँदै नाग पञ्चमी

आज देशभर नाग पञ्चमी मनाइँदैछ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको…

भक्तपुरको नाग पोखरीमा दूध अभिषेक, नक्सालमा बाहिरबाटै दर्शन

काठमाडौं : आज नाग पञ्चमी। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा भइरहेको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी

घरको मूल ढोकामा नागको तस्विर टाँसेर नाग पञ्चमी मनाइँदै :: Pahilopost.com

आज देशभर नाग पञ्चमी मनाइँदैछ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले