काठमाडौं : ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधन भएको छ।पोखरा लेकसाइड निवासी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन।उनको उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका प्रत्यासी कुँवरले सच्चा नेताको पहिचान बनाएका थिए।