काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले जारी केन्द्रीत केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन सुनिश्चित गर्ने बताएका छन् । बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको भनाइ छ । ‘केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन सम्बन्धमा संवैधानिक, कानुनी, राजनीतिक र मुलुकको विद्यमान कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर जनता र काँग्रेसका झण्डै ९ लाख क्रियाशील सदस्यहरुको चाहना एव् भावना अनुसार उपयु