काठमाडौं। पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले नेपालको एभरेस्ट प्रिमियर लिग ट्वान्टी २० क्रिकेट खेल्ने भएका छन्। ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स ११ बाट खेल्नेछन्। प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। अलराउण्डर अफ्रिदीले पाकिस्तानबाट १९९६ देखि २०१८ सम्म खेलेका थिए। यसअघि काठमाडौं किङ्सले लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ।