प्रधानमन्त्री पदको दौडमा रहेका ब्रिटिस कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । सुनकले उनका प्रतिद्वन्दी लिज ट्रस चीनप्रति नरम रहेको आरोप लगाउँदै प्रधानमन्त्रीको पदभार सम्हालेको पहिलो दिनबाटै चीनविरुद्ध कठोर हुने बताएको छन् । सुनकले लिज ट्रस शिक्षा मन्त्री हुँदा चीनलाई बेलायतका विश्वविद्यालयहरूमा घुसपैठ गर्न सजिलो बनाएको बताए । समाचार एजेन्सी एएफपीका अनुसार ऋषि सुनकले आइतबार राति विदेश नीतिमा आफ्नो अडान स्पष्ट गर्दै चीन र चिनियाँ कम्युनिष