सल्यान : जिल्लाको कुमाख गाउँपालिकाले कोरोना स्वास्थ्यकर्मीसँगै जनताको घरदैलोमा पुगी स्वाब संकलन थालेको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि संक्रमितको खोजी कार्य गर्न र उपचार गर्न स्वास्थ्यकर्मीसहितको टोली घरदैलोमा पुगी स्वाब संकलन थालेको हो। गाउँपालिका अध्यक्षसहितको स्वास्थ्यकर्मीको टोली कोरोना भाइरसको लक्षण देखिएका घरमा पुगी पिसिआर र एन्टिजेन परीक्षण गरी रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन्। गाउँपालिकाको टाट्के, भितिवन, स्वीकोट पाखा, रागेचौ, जिमाली लगायत