एमाले कार्यदलमा रहेका नेपालनिकट सांसदले मत दिएनन्

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बसेका छन् । प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिएका थिए । उनीहरूसँगै निस्किएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन ...

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्कट्टेललाई १०५ सांसदले दिए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् । उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

यस्तो छ चोलेन्द्रशमशेरको महाअभियोगमा एमालेको ८ बुँदे फरक मत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लागेको महाअभियोगबारे छानबिन गर्न बनेको समितिमा एमाले र लोसपाका पाँच सांसदले ८ बुँदे फरक मत राखेका छन्। ११ सदस्यीय महाअभियोग सिफारिस समितिमा सत्ता पक्षका ६ जना सांसदले बहुमतका आधारमा राणामाथि अभियोग लगाउन उपयुक्त भएको राय दिएका छन्। त्यसको काउण्टरमा पाँच सांसदले फरक मत लेखेका हुन्। यस्तो छ उनहरुले राखेको […]

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ।नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।  प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ। नेपाल समूहका

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ। १ मत तटस्थ रहेको छ। प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, एमाले माधव समूह, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए। एमाले संस्थापन समूहकै केही सांसदले देउवाको पक्षमा मतदान गरेका थिए।

एमाले संस्थापन समूहका ४ सांसदले गरे फ्लोर क्रस

काठमाडौं। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका संस्थापन समूहका ४ सांसदले फ्लोर क्रस गरेका छन्। संस्थापन समूहका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई विश्वासको मत दिएको सांसद मेटमणी चौधरीले बताए। यसअघि माधव नेपाल समूहले मात्रै फ्लोर क्रस गर्ने भनिए पनि संस्थापन समूहका सांसदले पनि फ्लोर क्रस गरेका छन्।

एमाले संस्थापन पक्षका केही सांसदले देउवालाई विश्वासको मत दिए

काठमाडाैं : नेकपा एमालेका केपी ओली पक्षका संस्थान समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। ओली सरकारमा वनमन्त्री भएका प्रेम बहादुर आलेलगायत केही सांसदले देउवाको पक्षमा मत दिएका हुन्। त्यसैगरी सांसद किसान श्रेष्ठ, गोपाल बमलगायतले पनि देउवालाई भोट हालेका एमालेका एक सांसदले थाहाखबरलाई जानकारी दिए। एमालेका २४ जना सांसद देउवाको पक्षमा उभिएका छन्। यस्तै देउवाका पक्षमा १६३ मत आएको नेपाली कांग्रेस सांसद गगन थापाले दाबी गरेका छन्। मतगणनाको नतिजा आउनुअघि

माधव नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत नदिने

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...

मेटमणि चौधरी भन्छन्– ३५ जनाभन्दा बढी एमाले सांसदले देउवालाई मत दिन्छौँ

नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत पर्ने बताएका छन् । नेकपा एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने बताइरहेका बेला सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् ।‘हामी एमालेका ३५ भन्दा बढी सांसद प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन तयार छौ’, चौधरीले रातोपाटीसँग भने, ‘प्रतिनिधि सभा जोगाउनका लागि यसो गर्न लागेका हौँ ।’ उनले विगतमा केपी

एमालेका कुनै पनि सांसदले ओलीकाे विपक्षमा मत हाल्दैनन् - सचेतक भट्टराई

काठमाण्डाै – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताउनुभएको छ ।आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले पार्टीभित्र ह्विप लाग्ने र सांसदहरूले पार्टीको ह्विप मान्नुपर्ने सङ्केत गर्नुभएको हो । उहाँले अन्य पार्टीलाई आफूहरूको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरूले ह्विप उल्लङ्घन गर्न नमिल्ने सङ्केत गर्नुभयो ।उहाँले भन्नुभयो, ‘२०७४ सालको चुनावमा नेकपा...