एमाले २२ सांसदले बुझाए स्पष्टीकरणको जवाफ : राजीनामा नदिएकोले देउवालाई विश्वासको मत दियौं

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । हिजोमात्रै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्ठे स्पष्टीकरण सोधेका थिए । माधव नेपालसहित २२ जना सांसदहरुले आज उक्त स्पष्टीकरणको जवाफ दिएका हुन् । उनीहरुले बुझाएको […]

सम्बन्धित सामग्री

माधव नेपाललाई ओलीको कटाक्ष :  हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै उनले भने,  ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’ नेकपा एमालेको सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा

राजीनामा फिर्ता भएपछि भीम रावलले गरे संसद्‌मा सम्बोधन

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गते प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले सांसद भीम रावलले राजीनामा फिर्तापछि पहिलो पटक संसद्‌मा सम्बोधन गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा रावलले सम्बोधन गरेका हुन् । रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगै केही गोप्य सम्झौता गरिएको आरोप लगाए । संसद्‌ले अनुमोदन नगरी एमसीसी कार्यान्वयन हुन नसक्ने बताए ।

भीम रावलले फिर्ता लिए राजीनामा

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन्।  सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ ।  प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।  नेकपा एमाले...

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् ।  तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।  प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।  राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभाम...

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् ।  तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।  प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।  राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभाम...

राजीनामा फिर्ता लिँदै भीम रावल

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास

लिने भए रावलले राजीनामा फिर्ता

काठमाडौँ – शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने मामिलामा माधवकुमार नेपालसँग खटपट भएपछि सांसद पदबाट राजीनामा दिएका भीम रावलले अन्ततः राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। नेता नेपालले बिहीबार रावलनिवास टोखामै पुगेर […]

माधव नेपाल र भीम रावलबीचको छलफल सकियो

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीचको छलफल सकिएको छ । रावल निवास टोखामा भएको दुई नेताबीचको छलफल केहीबेर अघि सकिएको हो ।बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बुझिएको छ ।रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा  नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।आज बसेको नेपाल पक्षको बैठकमा पनि रा

देउवा सरकारले प्रलोभनमा पारेको प्रमाण भेटिए राजीनामा दिन्छुः पार्वती विसुंखे

काठमाडौं। नेकपा एमाले नेतृ पार्वती विसुंखेले सत्तापक्षले कुनै प्रलोभनमा पारेर विश्वासको मत लिएको प्रमाण भेटिए संसद्बाट राजीनामा दिने बताएकी छन्। पार्टीको सदन र संविधान बचाउनको लागि देउवालाई विश्वासको मत दिएको विसंखुले बताइन्। संविधानको धारा ४६ (५) अनुसार विशेष अवस्थामा स्वविकेकको निर्णय गर्ने अधिकारलाई आफूले प्रयोग गरेको उनको भनाई छ।

भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिए

काठमाडाैं : नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्।  आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न उनी लागिपरेका थिए। तर आफ्नै पक्षबाट असहयोग पाएको भन्दै उनी रुष्ट देखिएका थिए। संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन्। पार्टीको निर्णयबमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा उनले राजीनामा उपयुक्त देखेका हुन्।